कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, ४५ पदका लागि प्रतिस्पर्धा
Nepal Timeline1 min read
काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन्।
५ हजार ४०० मत गणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका निश्कल राईले ३ हजार ८४० मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका इन्द्रबहादुर बानियाँले ३ हजार ६४१ मत पाएका छन्।
त्यस्तै, प्रा.डा. गोविन्दराज पोखरेल ३ हजार ४७८ मतसहित चौथो स्थानमा छन् भने जितनारायण श्रेष्ठ ३ हजार ३७१ मतसहित पाँचौँ स्थानमा रहेका छन्। ई. मोहन आचार्यले ३ हजार २९०, प्रवल थापाले ३ हजार २२६ र गणेश लामाले ३ हजार ३४ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। पछिल्लो मतपरिणामअनुसार शीर्ष ४५ भित्र रहेका उम्मेदवारमध्ये निलकण्ठ रिजाल १ हजार ७३७ मतसहित अन्तिम स्थानमा छन्। ४६औँ स्थानमा रहेका कबिर राणाले १ हजार ६९२ मत प्राप्त गरेका छन्।
यसैगरी, ३२औँ स्थानमा रहेका डा. मुकेशराज काफ्ले र ३३औँ स्थानमा रहेका डा. सुरज राज काफ्लेले समान १ हजार ९७९ मत पाएका छन्। ४३औँ स्थानमा रहेका कृष्ण रिजाल र ४४औँ स्थानमा रहेका सुधान्सु कोइरालाले समान १ हजार ७५० मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले उम्मेदवारहरूको अन्तिम स्थान र निर्वाचित हुने सूचीमा परिवर्तन हुन सक्नेछ।
