इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु
Nepal Timeline1 min read
इलाम ।
इलाममा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजारतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
