प्रधानमन्त्री बालेनले गर्ने भए एनपीएलको उद्घाटन
Nepal Timeline1 min read
काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्ने भएका छन्। प्रधानमन्त्री शाह अपराह्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहबाटै गर्ने तयारी गरिएको छ।
“प्रधानमन्त्रीबाटै उद्घाटन गर्ने कार्यक्रम तय भएको छ,” दाहालले बाह्रखरीसँग भनिन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत पनि एनपीएलको सफलताको शुभकामना व्यक्त गरेका छन्।
नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज प्रतियोगिता एनपीएलको तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
