फेरिचे हेलिकप्टर दुर्घटनाका तीन घाइते मेडिसिटी अस्पतालमा, अवस्था स्थिर

Nepal Timeline1 min read

फेरिचे हेलिकप्टर दुर्घटनाका तीन घाइते मेडिसिटी अस्पतालमा, अवस्था स्थिर

काठमाडौं।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार घाइते हुनेमा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी र न्यूजिल्याण्डका नागरिक शैलेश किसन पटेल रहेका छन्।

दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो।

अस्पतालका अनुसार घाइतेहरूलाई ल्याइएलगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरिएको थियो। परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरू खतरामुक्त रहेको जनाइएको छ।

घाइतेहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप परीक्षण, उपचार तथा निरन्तर चिकित्सकीय निगरानी गरिने अस्पतालले जनाएको छ।