गगन थापा र केपी ओलीबीच गुण्डुमा भेटवार्ता

Nepal Timeline1 min read

गगन थापा र केपी ओलीबीच गुण्डुमा भेटवार्ता

काठमाडौं।

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ ओली निवास गुण्डुमा दुई नेताबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार उनीहरूबीच साँझ करिब ६ बजेदेखि ७ बजेसम्म करिब एक घण्टा छलफल भएको थियो।

भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

यद्यपि, भेटमा उठेका विषय तथा छलफलका विस्तृत विवरण भने सार्वजनिक भएका छैनन्।