स्विट्जरल्याण्डभित्र नेपाल खोज्दा

समाचार

१६ कात्तिक, बार्सिलोना । नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड ।नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं । हामी यीनै जिज्ञासाहरु मनमा लिएर सन् २०१९ मार्चको तेस्रो साता स्वीट्जरल्याण्डको एकहप्ते यात्रामा निस्कियौं ।

सन् २०२० को सुरुवातमा नै हामीले तयार गरेको सामग्री युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरुमाझ पुगेर प्रस्तुत गर्ने जमर्को गरेका थियौं । तर, कोरोनाको कहरका कारण सबै सपना चकनाचुर भए ।ढिलै भए पनि अनलाइनखबर मार्फत स्वीटजरल्याण्डमा घुमेका, देखेका दृश्य र कुराकानीसहितको भिडियो कथा -डकुमेन्ट्री) सार्वजनिक गरेका छौं ।

स्पेनको बार्सिलोनाबाट हाम्रो यात्रा स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो व्यापारिक शहर ज्युरिखतर्फ बढ्यो । अन्ततः हामी उत्तरपश्चिम स्वीट्जरल्याण्डमा अवस्थित ज्युरिख शहरमा पुग्यौं ।स्विट्जरल्याण्डमा २६ वटा प्रदेश अर्थात् क्यान्टोनहरु छन् । जर्मन, फ्रेन्च, इटालियन र रोमन गरी चार भाषाहरु आधिकारिक मान्यता प्राप्त छन् । त्यसो त यहाँ धेरैले अंग्रेजी लेख्न, पढ्न र बोल्न पनि सक्छन् । १७ क्यान्टोनमा जर्मन भाषा, चार ओटामा फ्रेन्च, एउटामा इटालियन भाषा र तीन ओटा क्यान्टोनमा दुइ ओटा भाषा बोलिन्छ । ६३ प्रतिशत स्वीसहरु आफ्नो मातृभाषा जर्मन भएको बताउँछन् ।

ज्युरिख पुगेको पहिलो दिन हाम्रो भ्रमण तयारीमा नै बित्यो । दोस्रो दिनको पहिलो गन्तव्य स्वीट्जरल्यान्डको पूर्वी इलाकामा पर्ने डाभोसलाई बनायौं ।हरेक बर्ष वर्ल्ड इकोनोमिक फोरमको बैठक डाभोसमा हुने हुँदा यो आफैंमा परिचित नाम हो । यात्राका क्रममा ठूला-ठूला पहाड र चट्टानहरु फोरेर बनाईएका टनेल र बाटोहरु निर्माण गर्दै बनेका पूर्वाधारको विकासले हामीलाई चकित बनायो ।

विश्वका महत्वपूर्ण नेताहरुका साथै बहुराष्ट्रिय कम्पनीहरुका सीइओ र माथिल्लो दर्जाका सेलिब्रिटीहरु हरेक बर्ष डाभोस पुग्ने हुँदा यस क्षेत्रको निकै चर्चा परिचर्चा हुने गर्दछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वर्ल्ड इकोनोमिक फोरमको ४९औं  बैठकलाई डाभोसमा नै पुगेर सम्बोधन गरेका थिए ।मार्च तेस्रो साताको यात्रामा हामीलाई सबैभन्दा ठूलो साथ मौसमले दिइरहेको थियो । हामी भ्रमणको तेस्रो दिन बासेल पुग्यौं । झन्डै ८६ लाखको जनसंख्या रहेको स्विट्जरल्याण्डको तेस्रो ठूलो जनसंख्या रहेको सहर हो बासेल । झन्डै १ लाख ८० हजार मानिसहरु यहाँ बसोबास गर्छन् ।

हामीले युरोपका तीन देशहरुको सीमा त्रिकोणको अवलोकन गर्‍यौं । राइन नदीको यो भागलाई Border Triangle वा ‘सीमा त्रिकोण’ भनिँदो रहेछ । जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्ड तीनवटा मुलुकहरुको सीमाको यहाँ भेट हुने भएकाले पनि त्यसो भनिएको हो।यहाँबाट कन्टेनर बोकेका पानीजहाजहरु नर्थ सीतर्फ प्रस्थान गर्छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *